दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडाैं । पुँजी बजारमा साताको दोसो कारोबार दिन झिनो अंकले बढेको नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ बिन्दुमा कायम भएको हो ।
आज दुई सय ६४ वटा कम्पनीका २७ हजार ७६६ पटक कारोबारमा २७ लाख ५७० कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार २७० रूपैयाँ बराबरको कारोबार भएका छन् ।
मंगलबार म्युचल फण्डबाहेकका उपसमूहमा हरियाली देखिएको छ । म्युचल फण्ड ०.०९ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहमा बैंकिङ ०.९९ विकास बैंक १.६५, वित्त १.२३, होटल तथा पर्यटन १.९२, लगानी १.४१, जीवन बीमा ०.६१, उत्पादन १.८२, माइक्रोफाइनान्स ०.४७, नीर्जीवन १.१२, अन्य ०.४८ र व्यापार ०.६३ प्रतिशतले बढेको छ ।
मंगलबार तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक ८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै खप्तड लघुवित्त ७.८५, सिटिजन्स म्युचल फण्ड ५.१३, सिदार्थ प्रिमियर ४.५१ र माछापुछ्रे बैकका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन् ।
मंगलबार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ७ करोड ९१ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा कालिञ्चोक दर्शनको ३ करोड १ लाख १६ हजार रूपैयाँको कारोबार भएको छ । तेस्रोमा नबिल बैंक २ करोड ६९ लाख ५० हजार, हिमालय डिष्टिलरी २ करोड ३७ लाख ६२ हजार र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख २१ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया