दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडाैं । पुँजी बजारमा साताको दोसो कारोबार दिन झिनो अंकले बढेको नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ बिन्दुमा कायम भएको हो ।
आज दुई सय ६४ वटा कम्पनीका २७ हजार ७६६ पटक कारोबारमा २७ लाख ५७० कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार २७० रूपैयाँ बराबरको कारोबार भएका छन् ।
मंगलबार म्युचल फण्डबाहेकका उपसमूहमा हरियाली देखिएको छ । म्युचल फण्ड ०.०९ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहमा बैंकिङ ०.९९ विकास बैंक १.६५, वित्त १.२३, होटल तथा पर्यटन १.९२, लगानी १.४१, जीवन बीमा ०.६१, उत्पादन १.८२, माइक्रोफाइनान्स ०.४७, नीर्जीवन १.१२, अन्य ०.४८ र व्यापार ०.६३ प्रतिशतले बढेको छ ।
मंगलबार तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक ८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै खप्तड लघुवित्त ७.८५, सिटिजन्स म्युचल फण्ड ५.१३, सिदार्थ प्रिमियर ४.५१ र माछापुछ्रे बैकका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन् ।
मंगलबार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ७ करोड ९१ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा कालिञ्चोक दर्शनको ३ करोड १ लाख १६ हजार रूपैयाँको कारोबार भएको छ । तेस्रोमा नबिल बैंक २ करोड ६९ लाख ५० हजार, हिमालय डिष्टिलरी २ करोड ३७ लाख ६२ हजार र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख २१ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया