बारामा रोचक चुनावी भिडन्त, उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र
काठमाडौं । बारा–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा सत्ता गठबन्धनन्बाट उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्ता समर्थित दल जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
सोमबारदेखि जारी मतगणनामा कुशवाहले निरन्तर मतान्तर घटाउँदै लगेका छन् । राति ९ बजेसम्मको मतगणना हेर्दा यादवसँग कुशवाहको मतान्तर २ हजार ६२९ रहेको छ । दिउँसो तीन बजेसम्म यादव ६ हजार बढी मतान्तरले अग्रता लिएका थिए । अपरान्ह ५ बजे कुशवाहले मतान्तर घटाएर ४ हजारको हाराहारीमा ल्याएका थिए ।
अहिले यादव २२ हजार ५५२ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी कुशवाहले १९ हजार ९२३ मत पाएका छन् ।
सोमबार यादवले सुरूवाती अग्रता लिएकामा उनलाई पछि पार्दै कुशवाहले अग्रता लिएका थिए । तर उनले आफ्नो अग्रतालाई धेरै बेर टिकाउन सकेनन् ।
यसैगरी तेस्रोमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत पाएका छन् भने रास्वपाका उम्मेदवार २ हजार ६८१ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
नयाँ विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
-
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
-
लेदो हटाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै
-
भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा


प्रतिक्रिया