NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपालले ५० रन कटायो, आरिफ आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको युएईविरुद्ध जारी खेलमा नेपालले ५० रन कटाएको छ ।

२१ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले आज ब्याटिङमा बिर्सनलायक प्रदर्शन गरिहेको छ ।

यद्यपि, आठौं ओभरपछि भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले टिकेर ब्याटिङ गर्ने कोशिस गरेको थिए । यससँगै नेपालले दुःख गरेर ५० रन कटाएको थियो ।

यद्यपि, नेपालले ५४ रन बनाएको स्थितिमा आरिफ आउट हुन पुगेका छन् । यससँगै नेपालले २१ ओभर खेलिरहँदा ५ विकेट गुमाइसकेको छ ।