नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।
‘राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सकेमात्र श्रमिकको अधिकार स्थापित हुन्छ,’ उनले भनेका छन्, ‘अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुन सकेमात्र उनीहरूले न्याय पाउँछन् ।’
सम्पूर्ण श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नसमेत नेता डा कोइरालाले माग गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया