फलफूलमा नुन या चिनी छरेर खानु हुन्छ कि हुँदैन ?
एजेन्सी । धरैको बानी फलफूल वा सलाद खाँदा नुन तथा चिनी छर्केर खाने हुन्छ । यसले फलफूलको स्वाद पनि दोब्बर बढाउँछ । तर के तपाईलाई थाहा छ ? फलफूलमा यसरी नुन वा छर्केर खाँदा यसले स्वास्थ्यमा भने नोक्सानी पुर्याउँछ ।
विज्ञहरुका अनुसार काटिएको फलमा नुन छर्किएपछि पानी निस्कन थाल्छ । यसले फलफूलमा पाइने पोषक तत्व नष्ट गर्छ । अर्कोतर्फ नुनमा रहेको सोडियमले मृगौलालाई असर गर्छ ।
फलफूलमा चिनी छर्किनु पनि स्वास्थ्यका हिसाबले फलदायी हुँदैन । फलफूलमा प्राकृतिक मिठास हुन्छ । यसमा पाइने ग्लुकोजले क्यालोरी बढाउँछ। यस्तो अवस्थामा फलफूलमा चिनी मिसाउँदा शरीरमा चिनीको मात्रा बढ्छ ।
यसले मधुमेहको समस्या बढाउने जोखिम पनि उच्च गराउँछ । अत्यधिक चिनीले तौल पनि बढाउँछ । मधुमेहका बिरामीका लागि चिनी मिसाएर फलफूल खानु हानिकारक हुन सक्छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया