ड्युटीमा रहेका सशस्त्रका सईमाथि खुकुरी प्रहार
काठमाडौं । ड्युटीमा रहेका सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७, कञ्चन भोजस्थित बोर्डरको आउट पोष्ट (बिओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार राति चौंसिर ड्युटीमा रहेका बेला स्थानीय युवाहरूको एक समूह आएर खुकुरी प्रहार गरेको जनाएको छ ।
उनको बायाँ पाखुरामा चोट लागेको छ ।
होहल्ला गरिरहेका १०–१५ जनाको संख्यामा रहेका स्थानीय युवाको समूहलाई सम्झाउँदै गर्दा उनीमाथि आक्रमण भएको जनाइएको छ ।
आक्रमणकारी समूह फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया