सर्राफले दिलाए पिएनजीको महत्वपूर्ण विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले छैटौं विकेट गुमाएको छ । ४५ रन बनाएर खेलिरहेका अशद भालालाई पवन सर्राफले आउट गरेका हुन् । भालाको विकेटसँगै पिएनजीले महत्वपूर्ण ६ विकेट गुमाएको छ ।
टस हार्दै २५ ओभरभित्र ७८ रन बनाएको पिएनजीलाई भालाले संयमतापूर्वक अघि बढाएका थिए । तर उनको विकेट गुमेपछि खेलमा फर्कन नेपाललाई केही सहज भएको छ ।
७ ओभर सकिंदा पिएनजीले ६ विकेट गुमाएर ११४ रन बनाएको छ ।
प्रतिक्रिया