NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपाललाई सुरुवाती झड्का, आसिफ २ रनमै आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको जारी अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दैछ ।

पिएनजीले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ सुरुवातीमा नै धर्मराउन थालेको छ ।

३.१ ओभरमै नेपालले पहिलो विकेट गुमाएको छ । आरिफ शेख २ रन बनाएर आउट भएका छन् ।

पहिलो विकेट गुमाउँदा नेपालले १० रनमात्र जोडेको थियो ।

क्रिजमा अहिले कुशल मल्ल र आरिफ शेख छन् ।