कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणमाथि कारवाही होला ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तारमा परेका पूर्वगृहमन्त्री एवं नेता बालकृष्ण खाँणको निलम्बनलगायत विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ ।
दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवको निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको विभाग र भातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
हिजो बसेको आकस्मिक बैठकमा नेता खाँण पक्राउ परेको विषयमा छलफल भएको थियो । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका थिए । महामन्त्रीहरूको प्रस्तावका छलफल भएपनि कुनै निर्णय नभएको परियारले बताए । आजको बैठकमा पूर्वपधाधिकारीलाई समेत बोलाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया