नेपालले ५० रन कटायो
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको जारी अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)को सामना गरिहेको छ ।
पिएनजीले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ सुरुवातीमै धर्मरायो ।
३.१ ओभरमै नेपालले पहिलो विकेट गुमाएको थियो । आरिफ शेख २ रन बनाएर आउट भएका थिए ।
पहिलो विकेट गुमाउँदा नेपालले १० रनमात्र जोडेको थियो ।
तर त्यसपछि भने नेपालले केही सम्हालिएर ब्याटिङ गरिहेको छ ।
यसैबीच, नेपालले ५० रन कटाएको छ । १२.३ ओभरमा ५० रन कटाएको हो ।
क्रिजमा अहिले कुशल भुर्तेल र आरिफ शेख छन् ।
नेपालले ५० रन बनाएको अवस्थामा कुशलले २२ र आरिफले २१ रन जोडेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया