NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अर्धशतक बनाएर कुशल आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका छन् ।

उनले ६४ बलमा ५० रन जोड्दै अर्धशतक बनाएका हुन् ।

यसअघिका खेलमा कुशलले खराब प्रदर्शन गरेका थिए । यसअघिका तीन खेलमा उनी फ्लप भएका थिए । उनले तीन खेल खेल्दा १५ रनमात्र कटाउन सकेका थिए ।

यसैबीच कुशल आउट हुन पुगेका छन् । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी पनि शून्य रनमा आउट भएका छन् ।

हालसम्म नेपालले २२.४ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ ।