अर्धशतक बनाएर कुशल आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका छन् ।
उनले ६४ बलमा ५० रन जोड्दै अर्धशतक बनाएका हुन् ।
यसअघिका खेलमा कुशलले खराब प्रदर्शन गरेका थिए । यसअघिका तीन खेलमा उनी फ्लप भएका थिए । उनले तीन खेल खेल्दा १५ रनमात्र कटाउन सकेका थिए ।
यसैबीच कुशल आउट हुन पुगेका छन् । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी पनि शून्य रनमा आउट भएका छन् ।
हालसम्म नेपालले २२.४ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया