श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन सम्पन्न
काठमाडाैं । गीताप्रेस पुस्तक प्रचार-प्रसार केन्द्र नेपालको आयोजनामा एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महात्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त कार्यक्रममा एक हजार सदस्यहरुको उपस्थिति थियो।
गीताप्रेस शताव्दी वर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापीकार्यक्रम अन्तर्गत बैशाख २० गते पूजा एवं प्रसाद वितरण गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नै अयुतचण्डी महायज्ञमामा उपस्थित पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानव मात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताको सहयोगमा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । यसै अवसरमा २०८० साल बैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त शुभकामना सन्देश वाचन गरी शुभारम्भ गरिएको कार्यक्रम नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीजको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा उपस्थित मंत्रीले गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको लागि पशुपति क्षेत्र विकाशले निःशुल्क स्थान उपलब्ध गराउने कुरा मा जोड़ दिएका थिए ।
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सबैको स्वागत गर्दै गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गीताप्रैस शताब्दी वर्ष महोत्सव भएकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको क्षेत्रमा गीताप्रेसको योगदान अतुलनीय रहेको उल्लेख गरेकी थिइन् । १०० वर्षको इतिहास आफैंमा एउटा गौरवमय रहेको हुँदा १०० वर्षको इतिहास भएको संस्था गीताप्रेस गोरखपुर विश्व सम्पदामा सुचिकृत हुनुपर्ने उनले बताएकी थिइन्र । यस किसिमका कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै गीताप्रेस शताब्दी वर्षको शुभकामना दिइन् ।
सो कार्यक्रममा श्रीमद्भागवतमहापुराणका नेपाली सम्पादक प्रा. शिव गोपाल रिसालले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाश पारेका थिए भने श्रीशिवमहापुराणका नेपाली संपादक प्रा.डा. काशीनाथ न्यौपानेले श्रीशिवमहापुराणको बारेमा प्रकाश पारेका थिए । साथै उनीहरुले आगामी दिनमा गीताप्रेसबाट पुराण एवं सनातन साहित्यका पुस्तकहरु नेपाली भाषामा प्रकाशित हुँदै जाने बताए ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित विभिन्न धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृति विद्याश्रम, वाल्मीकी संस्कृत विद्यापिठ विद्याश्रम, मारवाडा समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्ध प्रतिष्ठित व्यक्तिहरू, विद्वत वर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया