NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कार्यान्वयन नहुँदै रोकियो जग्गाको कित्ताकाट खोल्ने निर्णय

काठमाडाैं । जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ । मन्त्रिपरिषद्‍ले पुनः अर्को प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गर्दै जग्गाको कित्ताकोट खोल्ने निर्णय गरिसकेको थियो ।

गत वैशाख मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९’ स्वीकृत गरी कित्ताकाटमा सहजीकरण गरेको सरकारी प्रवक्ता सञ्चारमन्त्री रेखा थापाले बताएकी थिइन् ।

देशभर खुल्यो जग्गाको कित्ताकाट, कति आनासम्म गर्न पाइन्छ ?