बहालवाला सचिवको सुझाव : देश विकास गर्ने भए सचिवलाई ‘घण्टे’ करारमा राखौं
काठमाडौं । एक बहालवाला सचिवले सरकारका सचिवहरूलाई ‘घण्टे’ करारमा राख्नुपर्ने बताएका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुधन बुर्लाकोटीले दिक्कदारी व्यक्त गर्दै सचिवहरूलाई ‘घण्टे’ करारमा राख्न सुझाव दिएका हुन् ।
‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरुलाई ‘घण्टे’ करारमा राखियोस मान्यवर’, मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘सचिवको विद्वतापन देख्दा वाक्क लागेर आउँछ ।’
मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यलय मातहतमा रहेका कार्यलय सचिवको असन्तुष्टी निजामति कर्मचारीका उच्च पदस्थहरूको कार्यशैलीप्रति रहेको देखिन्छ ।
यसअघि उनले नेपाल निजामती सेवाका उच्च पदाधिकारीहरुलाई “काम घुमाउने अन्तर्राष्ट्रिय सेवा पदक“ बाट बिभुषित गरियोस् भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिवसमेत प्रक्राउ परेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणले निर्माण गर्न लागेको लुम्विनी प्रादेशिक अस्पताल, बुटवलको बोलपत्र मिलोमतोमा आफूले सहयोग गर्न नमानेवापत विभिन्न प्रलोभन देखाई नाजायज काम गर्न प्रस्ताव गरेको तर आफूले नमानेपछि सरूवाको धम्की दिएको उनले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया