उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका
कास्की । पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो ।
तालिमका लागि छनोट भएका दुई सय ४० जनाका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको थियो । दश विधामध्ये पञ्जेबाजा बजाउने र बारिस्ताको तालिम सुरु भइसकेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
दश विधाअन्तर्गत पञ्चेबाजा बजाउने, सिलाइकटाइ, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदीका गहना निर्माण, भाषा तालिम, एसी जडान, कुक, बारिस्ता, प्लम्बिङलगायत छन् । विभिन्न सङ्घसंस्थासँगको समन्वय तथा महानगरपालिकाको लगानीमा तालिम सञ्चालन हुने कार्यकारी अधिकृत अधिकारीले बताए ।
तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित हुनेछ । तालिम एक सय ६० देखि तीन सय ९० घन्टासम्मका हुने कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र रोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। ‘महानगरपालिकाभित्र स्वरोजगार सृजना गर्ने अनि तालिमका विभिन्न अवसर सृजना गर्ने हाम्रो उद्देश्य हो’, प्रमुख आचार्यले भने, ‘तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने साथै आवश्यक परेको खण्डमा ‘स्टार्ट अप’मा बीउ पूँजीका लागि हामीले सहयोग गर्छौं ।’
सानो लगानीबाट पनि व्यावसायिक सफलताको लामो यात्रा पूरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यावहारिक उपयोगमा जोड दिए ।
जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने जनाउँदै स्वरोजगारसहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया