खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर : पल्सर एन १६० सहित करोडौँ जित्ने मौका
काठमाडाैं । खल्ती डिजिटल वालेटले अहिलेसम्मकै सबैभन्दा ठुलो ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर ल्याएको छ ।
यो अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ। उक्त अफर अवधिभर खल्तीबाट जुनसुकै भुक्तानी गर्दा ५ जनाले पल्सर एन १६० जित्न सक्नेछन् ।
यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी चार राउण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर एन १६० को लक्की ड्रको लागि योग्य हुनेछन्। हरेक राउन्डको अन्त्यमा एक बिजेता घोषणा हुनेछ। चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर एन १६० जित्न सहभागी हुनेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताका लागि पल्सर एन १६० जित्ने पाँच मौकाहरू छन्।
त्यस्तै एक जना लक्की विजेताले वान प्लस ११ जित्न सक्नेछन् । यसबाहेक १०० माथि को भुक्तानीमा Scratch Card, स्मार्ट टिभी, आईफोन १४, स्मार्टब्यान्डलगायत जित्न सक्नेछन् ।
यसैगरी दैनिक रूपमा ’खुत्रुके’ फुटाउन सक्नेछन् जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया