कुन फल कुन समयमा खाने ?
एजेन्सी । स्वस्थ रहन समय मिलाएर तरकारी र फलफूलको सेवन गर्नु जरुरी छ । राम्राे स्वास्थ्यका लागि खाइने फलफूल के हामीले उचित समयमै खाइरहेका छौं त ? आउनुहोस् जानौं ।
केरा
पोषक तत्वले भरिपूर्ण केरा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हामी यसलाई मन लागेको बेलामा खाने गर्छौं । तर स्वास्थ्यका दृष्टिकोणले केरा बिहानको खाना पछि दिउँसोको समयमा खान राम्रो मानिन्छ ।
मेवा
मेवाको सेवनले पाचन सम्बन्धी समस्या हटाउँछ । यसको सेवन दिउँसो र बिहानभन्दा पनि बेलुका लाभदायिक हुन्छ ।
सुन्तला
प्राय: हामी सुन्तला देख्ने बित्तिकै खाइहाल्ने गर्छौं । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुसँगै छाला र कपालमा पनि फाइदा पुर्याउँछ । सुन्तला खाने उचित समय बिहानको खाना खाएपछि हो । बिहानै र बेलुकीको समय यसको सेवन फाइदाजनक मानिदैंन् ।
अनार
अनार पनि बिहानको खानापछि नै खाँदा राम्रो हुन्छ । दिउँसो र साझमा पनि अनार खान सकिन्छ । तर रातको समयमा भने अनार खानु हुँदैन् ।
आँप
आँप धेरैको रोजाईको फल हो । यसलाई जुनसुकै समयभन्दा पनि बिहान ११ देखि बेलुकी ४ बजेसम्म खान उपयुक्त मानिन्छ । बिहान खाली पेटमा र राति आप खानु हुँदैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया