कक्षा १० को पाठ्यपुस्तकबाट किन हटाइयो सन्दुक रुइतको जीवनी ?
काठमाडौं । चर्चित आँखा विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यपुस्तकबाट हटाएकोमा नेपाल विद्यार्थी संघले विरोध जनाएको छ ।
सोमबार पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालकसँग भेट गरी यस विषयमा गम्भीर ध्यानकर्षण गराएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा. सन्दूक रुइतको जिवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भनेर प्रश्न गरें’, शेर्पाले भने ।
जवाफमा महानिर्देशक अर्यालले कक्षा १० को पाठ्यक्रम बाट हटाएको भएता पनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको जानकारी दिएको शेर्पाले बताए ।
नेविसंघले महानिर्देशक अर्यालसँग फोनमार्फत दुई विषयमा जानकारी लिनुको साथै ध्यानाकर्षण गराएको शेर्पाको भनाइ छ ।
यसैगरी नेविसंघको केन्द्रीय कार्यसमितिले २०७९–१२–०२ गतेका दिन ज्ञापन पत्र मार्फत पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रममा नैतिक शिक्षा लगायत विद्यार्थीहरुलाई आवश्यक जीवनउपयोगी विषयवस्तुहरू समावेश गर्न प्रस्तुत गरेको मागका सन्दर्भमा जानकारी लिएको थियो ।
त्यसमा महानिर्देशक अर्यालले यसै वर्षबाट कक्षा ११ र १२ को पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने साथै अन्य तहमा समावेश गर्न छलफल भैरहेको जानकारी दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया