नवनियुक्त मन्त्रीको शपथग्रहण आज
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।
दुवै जनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ ।
मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै उनको २५ सदस्यीय मन्त्रिपरिषद्ले पाँच महिनापछि पूर्णता पाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया