राजदुत शर्माले किन भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई ?
काठामडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
बिहीबार राजदूत शर्माले विदेशमन्त्री जयशंकरको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । दुई जनाबीच आगामी दिनको योजना र सदियौं देखिएको बहुआयमिक सम्बन्धलाई थप मजबुद बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरिएको उनले जानकारी दिएका छन् ।
चारदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्दैछन् । उनकाे आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको अनुमान गर्न सकिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया