राजदुत शर्माले किन भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई ?
काठामडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
बिहीबार राजदूत शर्माले विदेशमन्त्री जयशंकरको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । दुई जनाबीच आगामी दिनको योजना र सदियौं देखिएको बहुआयमिक सम्बन्धलाई थप मजबुद बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरिएको उनले जानकारी दिएका छन् ।
चारदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्दैछन् । उनकाे आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको अनुमान गर्न सकिन्छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया