राम्रो बानी पनि हुन सक्छ स्वास्थ्यका लागि नोक्सानी
एजेन्सी । स्वास्थ्यलाई ध्यानमा राखेर अपनाइने राम्रो बानी पनि कहिलेकाही हानिकारक बन्न पुग्छ । । प्रशस्त पानी पिउनु, दाँत माझनु, योग गर्नु सबै स्वास्थ्य बानीमै पर्छन् । तर यीनै बानी शरीरको लागि हानिकारक पनि हुन्छन् । कसरी त ?
आफूलाई स्वस्थ राख्नको लागि जीवनशैलीलाई स्वस्थ राख्नु अति आवश्यक छ । यसका लागि आफ्नो दिनचर्यामा स्वस्थ बानी समावेश हुनु अत्यावश्यक छ । स्वस्थ बानीले मात्र स्वस्थ जीवनशैलीको कल्पना गर्न सकिन्छ । दैनिक व्यायाम गर्ने, शरीरलाई हाइड्रेट राख्न धेरै पानी पिउने र स्वस्थ खाना खाने बानीले नै स्वास्थ्य स्वस्थ रहन्छ । तर यीनै स्वस्थ बानी शरीरका लागि घातक हुन्छ भन्ने विषय कल्पना बाहिरको हो ।
हरेक कुराको उचित मात्रा हुन्छ । मात्रा अनुसार त्यो काम गर्दा त्यसले लाभदायिक फाइदा पनि दिन्छ । र यहि कुरा अत्यधिक धेरै गर्दा पनि विष सरह हुन्छ ।
जानौं हानिकारक हुन सक्ने राम्रे बानी
अत्यधिक फाइबरयुक्त खाना
स्वास्थ्यका लागि फाइबरजन्य खाना राम्रो मानिन्छ । यसको सेवनले शरीरमा लाभदायिक फाइदा पनि पुग्छ । तर तापाईको अत्यधिक फाइबरयुक्त खाना खाने बानी छ भने यसलाई कम गर्नुहास् । यसको अत्यधिक फाइबरयुक्त खानाको सेवनले तपाईको स्वास्थ्यलाई अस्वस्कर बनाउँछ । यसले पेट दुख्ने, कब्जियत र पेट फुल्ने जस्ता समस्या निम्याउँछ ।
धेरै पानी पिउनु
पानी पिउनु शरीरका लागि अत्यावश्यक छ । यसले शरीरमा ड्रिहाइडेनसको समस्या हुन दिदैन् । तर तपाई स्वास्थ्यका लागि पानी लाभदायिक छ भनेर धेरै पिउनु हुन्छ भने यसले तपाईको स्वास्थ्यमा उल्टो असर गर्छ । धेरै पानी पिउँदा शरीरमा पिसाब बढछ । जसकारण शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन सक्छ । यसले शरीरमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम र फस्फेट जस्ता इलेक्ट्रोलाइटहरू असन्तुलित हुन सक्छ ।
धेरै पटक ब्रस गर्नु
मुखको स्वच्छता कायम राख्न ब्रस गर्नु महत्त्वपूर्ण छ । तर यदि दिनमा दुई वा तीन पटक भन्दा बढी ब्रस गर्नुहुन्छ भने, यसले दाँतको सुरक्षात्मक तहलाई असर गर्न सक्छ। यसले दाँत कमजोर बनाउनुका साथै दाँतबाट रगत आउने समस्या पनि हुन सक्छ ।
अत्यधिक सेनिटाइटजरको प्रयोग
कोरोनाको क्रासमा हरेक व्यक्तिले छिन छिनमा हात सेनिटाइज गर्ने गर्छन् । जुन स्वास्थ्यका दृष्टिले राम्रो पनि मानिन्छ । तर यसको पनि धेरै प्रयोग भने उचित मानिदैन् । यसको अत्यधिक प्रयोगले छालाको पिएच स्तर बिग्रन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया