जिम्मेवारी बाँझिने २० वटा सरकारी निकाय खारेज
काठमाडौं । सरकारले एकअर्कामा जिम्मेवारी बाँझिने २० वटा सार्वजनिक निकाय र संस्थाहरू खारेज गरेको घोषणा गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज आर्थिक वष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।
खर्च कटौतीका नाममा सरकारले कार्य बाँझिने र एकै प्रवृत्तिका यस्ता सरकारी संस्थाहरू खारेज गरिएको घोषणा गरेको हो । यसमा विभिन्न आयोग, प्रतिष्ठानलगायत निकायहरू समावेश छन् ।
त्यस्तै, उस्तै प्रकृतिका कार्यक्षेत्र रहेको निकाय गाभ्ने प्रक्रियामा जाने अर्थमन्त्री महतले बताएका छन् ।
क्षेत्राधिकारका आधारमका प्रदेश तथा स्थानिय तहबाट व्यवस्थापन गर्न उपयुक्त हुने समितिहरु तत् तत् तहमा हस्तान्तरण गर्ने पनि उनले बताए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया