जिम्मेवारी बाँझिने २० वटा सरकारी निकाय खारेज
काठमाडौं । सरकारले एकअर्कामा जिम्मेवारी बाँझिने २० वटा सार्वजनिक निकाय र संस्थाहरू खारेज गरेको घोषणा गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज आर्थिक वष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।
खर्च कटौतीका नाममा सरकारले कार्य बाँझिने र एकै प्रवृत्तिका यस्ता सरकारी संस्थाहरू खारेज गरिएको घोषणा गरेको हो । यसमा विभिन्न आयोग, प्रतिष्ठानलगायत निकायहरू समावेश छन् ।
त्यस्तै, उस्तै प्रकृतिका कार्यक्षेत्र रहेको निकाय गाभ्ने प्रक्रियामा जाने अर्थमन्त्री महतले बताएका छन् ।
क्षेत्राधिकारका आधारमका प्रदेश तथा स्थानिय तहबाट व्यवस्थापन गर्न उपयुक्त हुने समितिहरु तत् तत् तहमा हस्तान्तरण गर्ने पनि उनले बताए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया