सर्भर बिग्रिएको भन्दै यातायात कार्यालयका सबै सेवा बन्द
काठमाडौं । सर्भर बिग्रिएको भन्दै देशभरका यातायात कार्यालयहरूबाट दिइने सबै सेवा बुधबार साँझबाट अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता, सूचना अधिकारी तथा निर्देशक लोकनाथ भुसालले आज सूचना जारी गर्दै यस्तो जनाएका हुन् ।
‘सर्भरमा विद्युतीय समस्या देखिएका हुँदा आज ५ बजेदेखि समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छु’, सूचनामा भनिएको छ ।
सर्भर नबन्दासम्म सवारी दर्ता, नवीकरण, नामसारी र कर भुक्तानीसम्बन्धी काम बन्द हुनेछन् ।
सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली पनि विभागले यसअघि नै बन्द गरिसकेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया