सहकार्य ‘सुपरहिट’ बनाउने बताउँदै मोदिले गरे १० हजार मेगावाट विजुली आयातको घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सहकार्य सुपरहिट बनाउने बताएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको संयुक्त पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन् ।
भारतले नौ वर्षमा नेपाललाई गरेको सहयोगको वर्णन गर्दा दिन बित्ने बताउँदै उनले सहकार्यलाई थप बलियो पार्दै लैजाने स्पष्ट पारे ।
‘प्रधानमन्त्री प्रचण्डसँग भविष्यमा पार्टनरसिपलाई सुपरहिट बनाउने निर्णय गरेको छु,’ उनले भने ।
प्रधानमन्त्री मोदीले नेपालसँग लामो सहकार्यका लागि उर्जा क्षेत्रमा पनि सम्झौता भएको जानकारी दिएका छन् ।
सोही मञ्चबाट उनले नेपालसँग लंग टर्म पावर अग्रिमेन्ट भएको बताएका हुन् । त्यसअनुसार भारतले अबको दश वर्षमा दश हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य लिएको छ । भारतले नेपालमा फर्टिलाइज प्लान्ट बनाइदिनका लागि पनि सहमति भएको उनले जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया