थप ३८ कोरोना संक्रमित थपिए, २६९ संक्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संखया दुई हजार ४५३ रहेका छन् । पछिल्लो समय २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन् । शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा संक्रमण दर १७.७ प्रतिशत छ ।
हाल होमआइसोलेशनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया