डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
काठमाडौं । नेपालमा डीटीएच सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ ।
अमेरिकी गुणस्तर मापदण्ड रेजिटेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्क लाई आइएसओ प्रदान गरेको हो ।
स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरी रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यस्तै हालसालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।
नेपालको पेटिभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरू उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।
उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको कम्पनीको भनाइ छ । समय अनुसारको प्रविधि प्रयोग गरी कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया