पूँजीगत लाभकरको अन्योलता हटेसँगै सेयर बजारमा उछाल, ५३ अंकले बढ्यो नेप्से

काठमाड । आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा आन्दोलनरत सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच सहमति भएसँगै सेयर बजारमा उछाल आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा कायम भएको छ ।
आज २७० कम्पनीको ३१ हजार २५२ स्टकको ४५ लाख ५७ हजार ६१६९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १३ उपसमूहमा नै हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटनको ७.३७ बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ १.४५, विकास बैंक ३.४७, वित्त ३.४४, जलविद्युत १.९३, लगानी २.५१, जीवन बीमा ३.६३, उत्पादन ३.३०, माइक्रोफाइनान्स २.६०, म्युचल फण्ड ०.७६, अन्य ३.२० र व्यापार ३.८४ प्रतिशतले बढेको छ ।
आज आइजिआइ प्रुडेन्सियलको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिवेन्चरका लगानीकर्ताले सर्वाधिक १.९६ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा शिभम् सिमेन्टको सर्वाधिक १५ करोड ८१ लाख ५४ हजार २३८ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा सोल्टी होटलको ८ करोड १३ लाख १४ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनी ६ करोड ५४ लाख ९९ हजार, एनआइसी एशिया ६ करोड २१ लाख ८५ हजार र सानिमा मे हाइड्रोपावरको ४ करोड ४० लाख ३० हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया