NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

संसदमा भैंसी विवाद, रेकर्डबाट हट्ने आश्वासनपछि सांसदहरू मत्थर

काठमाडौं । प्रतिनिधि सभा संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भैंसी चढेर आएको भनेपछि सांसदहरूले फेरि नाराबाजी गरे ।

मुर्रा भैंसीको विषयमा स्पष्टिकरण दिँदै उनले उक्त सहमति सात वर्षअघि नै भएको र नेपाल आउँदा आफैंलाई भैंसी चढाएको बताएका थिए ।

‘मुररा भैंसी लायउने सहमति ७ वर्षअघि भएको हो,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले हाँस्दै भने, ‘अहिले मलाई भैंसी चढाएछन् । ७ वर्षअघि भएको सहमति अहिले बाहिर आएको हो ।’

यही विषयलाई जोडर रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड जहाजको साटो भैंसी चढेर आएको भन्दै प्रतिप्रश्न गरेका थिए ।
खनालको अभिव्यक्तिमाथि नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेले नियमावली मिचेको भन्दै आपत्ति जनाए । संसदमा यस्तो शब्दको प्रयोग नियमविपरित भएको बताएपछि सत्ता र प्रतिपक्षका सांसदबीच निकै बेर हो–हल्ला चल्यो ।

विवाद चुलिएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने विषय जसले बोले पनि संसदको रेकर्डबाट हट्ने आश्वासन दिएपछि सांसदहरू मत्थर भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष