एलजी ओलेड टिभी : एक दशकसम्म शीर्ष स्थानमा रहन सफल
काठमाडाैं । एलजीलाई नेतृत्व र ओलेड टिभी बजारमा निरन्तर प्रभुत्वको लागि मान्यता दिइएको छ । यस वर्ष उत्कृष्टता र ग्राहक अनुभव नवीनताको एक दशक मनाउँदै, एलजी ओलेड आफ्नो बेजोड कन्ट्रास्टका साथै परफेक्ट ब्ल्याक, टु-टु-लाइफ कलर, अभूतपूर्व लचकता र पातलोपनको माध्यमबाट प्रिमियम टिभी खण्डमा पहिलो प्राथमिकतामा रहन पुगेको कम्पनीले जनाएको छ ।
बजार अनुसन्धान फर्म ओम्डियाका अनुसार, कुल ढुवानीबाट बजारको लगभग ६० प्रतिशत हिस्सा ओगटेर २०२३ को पहिलो त्रैमासिकमा एलजी ओलेड बजारमा अरु प्रतिस्पर्धी ब्राण्डहरु भन्दा अघि रहेर शीर्ष स्थानमा रहेको कम्पनीको दाबी छ ।
१३० भन्दा बढी राष्ट्रहरुमा बिक्री भइरहेको एलजी ओलेड टिभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध ओलेड टिभी हो । गत वर्ष एलजी ओलेड टिभीहरुको संचित कुल ढुवानी (२०१३ मा उपलब्ध भए देखि) १५ मिलियन एकाइको आँकडा नाघेको थियो जसकारण यस कोसेढुङ्गा पुग्ने एलजी पहिलो टिभी ब्राण्ड भएको छ ।
थप रुपमा, एलजीले पहिलो त्रैमासिकमा ७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टिभीहरुको बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । कम्पनीले ९७ इन्चको एलजी सिग्नेचर ओलेड एम (मोडल एम३) जस्ता इन्डस्ट्री-लिडिङ सोलुसन्सहरुको साथ अल्ट्रा-लार्ज प्रिमियम टिभी खण्डमा आफ्नो बलियो स्थितिलाई सुदृढ गर्दैछ, जुन मोडल विश्वकै पहिलो कन्ज्युमर टिभी हो जसले ४के १२० हर्जसम्मको रियल-टाइम भिडियो र अडियो ट्रान्समिसन उपलब्ध गराउँदछ ।
पहिलो त्रैमासिकमा एलजीको ओलेड टिभी र एलसिडी टिभीको संयुक्त ढुवानी लगभग ५.५ मिलियन एकाइहरु थिए, जसमा ओलेड टिभीको हिस्सा मात्र ७ लाख ३८ हजार एकाइ थियो । यसबाहेक, एलजीले २०२३ को पहिलो त्रैमासिकमा आम्दानीको आधारमा विश्वव्यापी टिभी बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ ।
गत वर्षको यही त्रैमासिकको तुलनामा कम्पनीको विश्वव्यापी टिभी बजार हिस्सा थोरै घटेको छ । यसको प्रमुख कारण भनेको विश्वव्यापी बजारमा आएको मागको कमि र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेको नै हो । तैपनि एलजी ओलेड टिभीको बिक्री सशक्त रहेको छ जुन कम्पनीको २०२३ को पहिलो त्रैमासिकमा टिभी बिक्रीको ३० प्रतिशत भन्दा बढी रहेको छ ।
पहिलो त्रैमासिकमा विश्वव्यापी टिभी ढुवानी घटेर ४६.५२ मिलियन एकाइ पुगेको छ जुन २००९ को यही त्रैमासिकमा देखिएको थियो । यद्यपि, २०२३ को तेस्रो त्रैमासिकसम्ममा यसमा सुधार आउनेमा ओमिडा आशावादी रहेको छ र वर्षको अन्त्यसम्ममा ढुवानी बढेर २०५.५१ मिलियन एकाइ पुग्ने प्रक्षेपण गरेको छ, जुन पछिल्लो वर्षको तुलनामा थोरै बढी हुनेछ ।
ओलेड टिभी सेग्मेन्टले पनि यस वृद्धिको फाइदा उठाउने आशा रहेको छ । २०२२ मा ३६.७ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्षको अन्त्यसम्ममा ओलेड टिभीले प्रिमियम टिभी बजारको ४६.१ प्रतिशत राजस्वमा संकलन गर्ने ओमिडाले प्रक्षेपण गरेको छ । विगत केही वर्ष देखि ओलेड टिभी बजारमा प्रतिस्पर्धा बढेकोले गर्दा ओलेड टिभीहरुको बजार बढ्ने आँकलन गरिएको छ ।
एलजीले विभन्न स्कृन साइजहरु -४२ देखि ९७ इन्चसम्म ८के र ४के अप्सनहरु र छनौट गर्नको लागि प्रिमियम डिजाइनहरु सहितको ओलेड टिभीहरु बजारमा लिएर आएको छ । सहज र सुविधायुक्त फिचरहरु रहेको एलजी टिभीहरुले ग्राहकलाई विशेष अनुभव प्रदान गर्दछ ।
एलजी प्रिमियम ओलेड टिभी लाइनअपमा एलजी ओलेड इभो शृङ्खलाहरु प्नि समावेश छन्, जसले उच्यालो, जीवन्त भिजुअल दिन्छ र एलजी लाइफस्टाइल स्कृन जसले विशिष्ट डिजाइनहरुमा आकर्षक पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ । यस वर्ष विश्वको ४० राष्ट्रहरुमा एलजी ओलेड अब्जेट कलेक्सन पोसे, लाइफस्टाइल स्कृन परिवारको सदस्य, उपलब्ध हुनेछ ।
११ वर्ष देखि एलजी ओलेडले वार्षिक सिइएस इन्नोभेसन अवार्डमा सम्मानित भएको छ र थुप्रै ‘बेस्ट टिभी अफ द यिअर’ को उपाधि प्रमुख छापाखानाहरुबाट पनि पाएको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया