विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । कांग्रेस व्यास नगरपालिका-२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भने ।
उनले भने, ‘विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।’ कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । फरक प्रसंगमा उहाँले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए ।
नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे । कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया