जुत्ता चप्पल : कच्चापदार्थको महसुल ३० बाट घटाएर १५ प्रतिशत मात्रै, पार्टस र तयारी जुत्तामा हेरफेर
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी जुत्तामा ४० प्रतिशत तर पार्टसमा कम दर भएको कारण सबै जुत्ता पार्टसको रुपमा पैठारी हुने प्रवृत्ति देखिएकोले तयारी जुत्ता र पार्टसको महसुल दरको अन्तर कम गरिएको बताएका छन् ।
आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले बास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा सो लाई घटाई १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताएका छन् ।
कच्चा पदार्थको आयात महसुल घटाउँदा स्वदेशी जुत्ता चप्पल उत्पादक उद्योगले विदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने र गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न सक्ने अर्थमन्त्रीको विश्वास छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया