आकाशियो प्याजको भाउ
काठमाडाैं । सरकारले जेठ १६ गते आव २०८०/८१ को बजेट भाषणमा आलु र प्याजमा भन्सार दर बढाएपछि बजारमा भाउ आकाशिएको छ । जेठ १६ गतेभन्दा अघि बजारमा औसतमा ३५ देखि ४० रूपैयाँ केजीमा पाउने प्याज अहिले यसको मूल्य तीन गुणासम्म बढेको छ । अहिले बजारमा १ केजी प्याज किन्दा एक सय रूपैयाँसम्म पर्छ ।
बजेट भाषणमा प्याजमा भन्सार दर बढाउने सरकारको निर्णयपछि भारतबाट आयात हुन बन्द भएको छ । आयात बन्द भएपनि बजारमा प्याजको अभाव नभएको खुद्रा व्यवसायीहरू बताउँछन् । व्यापारीले पहिल्यकै प्याजमा कालोबजारी गर्न थालेको उपभोक्ताकर्मीले गुनासो गरेका छन् ।
व्यापारीले अहिले भान्सामा आवश्यक प्याज र आलुको भाउ मनलाग्दी बढाएर बेचिरहेका छन् ।
बजेटमार्फत अति आवश्यक प्याज र आलुमा भ्याट लगाउने सरकारको निर्णमा संसदमा समेत प्रश्न उठेको थियो । सरकारको यस निर्णयप्रति सांसदहरूले आपत्ति जनाएका थिए । अर्थमन्त्री शर्माले भने आन्तारिक उत्पादन बढाउन, आयात नियन्त्रण र कृषकको प्रोत्साहनको लागि भ्याट लगाएको जवाफ दिएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया