आकाशियो प्याजको भाउ
काठमाडाैं । सरकारले जेठ १६ गते आव २०८०/८१ को बजेट भाषणमा आलु र प्याजमा भन्सार दर बढाएपछि बजारमा भाउ आकाशिएको छ । जेठ १६ गतेभन्दा अघि बजारमा औसतमा ३५ देखि ४० रूपैयाँ केजीमा पाउने प्याज अहिले यसको मूल्य तीन गुणासम्म बढेको छ । अहिले बजारमा १ केजी प्याज किन्दा एक सय रूपैयाँसम्म पर्छ ।
बजेट भाषणमा प्याजमा भन्सार दर बढाउने सरकारको निर्णयपछि भारतबाट आयात हुन बन्द भएको छ । आयात बन्द भएपनि बजारमा प्याजको अभाव नभएको खुद्रा व्यवसायीहरू बताउँछन् । व्यापारीले पहिल्यकै प्याजमा कालोबजारी गर्न थालेको उपभोक्ताकर्मीले गुनासो गरेका छन् ।
व्यापारीले अहिले भान्सामा आवश्यक प्याज र आलुको भाउ मनलाग्दी बढाएर बेचिरहेका छन् ।
बजेटमार्फत अति आवश्यक प्याज र आलुमा भ्याट लगाउने सरकारको निर्णमा संसदमा समेत प्रश्न उठेको थियो । सरकारको यस निर्णयप्रति सांसदहरूले आपत्ति जनाएका थिए । अर्थमन्त्री शर्माले भने आन्तारिक उत्पादन बढाउन, आयात नियन्त्रण र कृषकको प्रोत्साहनको लागि भ्याट लगाएको जवाफ दिएका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया