नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.२६ अङ्कले उकालो लागेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ ।
आज २८० स्टकको ७० हजार ६४७ पटक कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये बैंकिङबाहेकका उपसमूहको सेयर मूल्य उकालो लागेको छ । बैंकिङ ०.२९ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा विकास बैंक १.३५, वित्त २.१२, होटल तथा पर्यटन ६.१५, जलविद्युत ३.९७, लगानी १.४५, जीवन बीमा ६.३८, उत्पादन २.६४, माइक्रोफाइनान्स २.७२, म्युचल फण्ड ०.८३, नीर्जीवन ४.६८, अन्य ६ र व्यापार ३.४३ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार बराबरको कारोबार भएको छ । यस्तै, आइजिआइ प्रुडेन्सियलको १६ करोड ९३ लाख ५८ हजार, सोल्टी होटल १६ करोड ६६ लाख ९ हजार, नेपाल लाइफ इन्स्योरेन्स १६ करोड ५४ लाख २४ हजार र नेपाल दुरसञ्चारको १४ करोड ७४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
आज एक दर्जन कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेञ्चर, सुपर म्यादी हाइड्रोपावरलगायत एक दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै सुभम् पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ५.५८ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया