घोराही सिमेन्टको आइपीओ रोक्न बोर्डको निर्देशन
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ । बोर्डको सोमबार बसेको बैठकले कम्पनीको आईपीओ बिक्री स्थगित गर्न निर्देशन दिएको हो ।
आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । त्यसकै आधारमा धितोपत्र बोर्डले आईपीओ निष्काशन प्रक्रिया स्थगित गरेको हो ।
कम्पनीले जेठ ३२ देखि प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपीओ निष्काशन गरेको थियो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट



प्रतिक्रिया