NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ ।

प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा नभएकोमा सो विषयमा ध्यानाकर्षणसहित सच्याउन निर्देशन दिइसकेको जानकारी गराउँदै सभामूख घिमिरेले त्यस्ता कुनै त्रुटी भएमा तत्काल सच्याउन पुन:  निर्देशन दिएका हुन् ।

शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो ।

सांसदहरुले विरोध जनाएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । अहिले बैठक जारी छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष