चारपटकको विश्व विजेता इटाली विश्वकप छनोटबाटै बाहिरियो
काठमाडौं । युरो च्याम्पियन र चारपटकको विश्वविजेता इटाली सन् २०२२ मा हुने विश्वकप छनोट खेलबाटै बाहिरिएको छ । विश्वकप छनोटअन्तर्गत उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धामा उत्रिएको इटाली १–० गोल अन्तरले पराजित भएको हो ।
मेसेडोनियाले अतिरिक्त समयमा गाेल गर्दै इटलीलाई स्तब्ध पार्यो । सन् २०१८ को विश्वकपमा पनि इटाली छनोट हुन सकेको थिएन । योसँगै उसले लगातार दुई विश्वकप गुमाउने भएको छ ।
इटाली सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप फुटबल विजेता हो ।
रोनाल्डोको पोर्चुगल भने टर्कीलाई ३–१ गोलले पराजित गर्दै छनोटमा अघि बढेको छ । अब पोर्चुगल र उत्तरी मेसेडोनियाको विजेताले कतारमा हुने विश्वकप खेल्न पाउनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया