चारपटकको विश्व विजेता इटाली विश्वकप छनोटबाटै बाहिरियो

काठमाडौं । युरो च्याम्पियन र चारपटकको विश्वविजेता इटाली सन् २०२२ मा हुने विश्वकप छनोट खेलबाटै बाहिरिएको छ । विश्वकप छनोटअन्तर्गत उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धामा उत्रिएको इटाली १–० गोल अन्तरले पराजित भएको हो ।
मेसेडोनियाले अतिरिक्त समयमा गाेल गर्दै इटलीलाई स्तब्ध पार्यो । सन् २०१८ को विश्वकपमा पनि इटाली छनोट हुन सकेको थिएन । योसँगै उसले लगातार दुई विश्वकप गुमाउने भएको छ ।
इटाली सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप फुटबल विजेता हो ।
रोनाल्डोको पोर्चुगल भने टर्कीलाई ३–१ गोलले पराजित गर्दै छनोटमा अघि बढेको छ । अब पोर्चुगल र उत्तरी मेसेडोनियाको विजेताले कतारमा हुने विश्वकप खेल्न पाउनेछ ।
प्रतिक्रिया