मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सुरेन्द्र गुरुङले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
उनका अनुसार जिल्लाका आठ हजार आठ सय २१ जनाको तथ्याङ्क सङ्कलन गरिएको थियो । सङ्कलित तथ्याङ्कमध्ये पाँच हजार नौजना जिल्लामा नै बसोबास गर्दै आएका छन् भने दुई सय ६३ जना वैदेशिक रोजगारीमा गएको पाइएको उनले बताए ।
स्थानीय तहअनुसार चामे गाउँपालिकामा नौ सय ६३, नार्पाभूमि गाउँपालिकामा पाँच सय ८९, नासों गाउँपालिकामा दुई हजार एक सय आठ र मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार तीन सय ४९ गरी पाँच हजार नौजनाले पूर्ण खोप लगाएको पाइएको आचार्यले बताए ।
जिल्लाका सबै स्थानीय तहका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया