कर्मचारी वकिल विवादः देशभरका अदालतमा रोकियो काम

काठमाडौं । उच्च अदलात पाटनमा कार्यरत कर्मचारीलाई वकिलले हातपात गरेपछि आज देशभरका अदालतमा काम प्रभावित भएको छ ।
यसबारे विरोध गर्दै आज देशभरका अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म काम नगर्ने घोषणा गरेका हुन् । कर्मचारीका विरोधका कारण अदालती काम खाजा समयपछिमात्रै काम सुरु हुने भएको छ ।
उक्त विरोधमा कर्मचारीका चारवटै ट्रेड युनियन सक्रिय भएर लागेका छन् । सबै ट्रेड युनियनहरूले विज्ञप्ती जारी गरेरै काम अदालतको काम रोकेको अवस्था छ । जसकारण इजलास ठप्प भएको छ भने सुनुवाइ हुन पाएको छैन ।
गत १३ असारमा नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको घटना बाहिरिएको थियो । तामाङँग सक्कली मिसिल माग्दा सुरु भएको विवाद हातपातसम्म पुगेको जनाइएको छ ।
हाल अधिवक्ता लामिछाने प्रहरी हिरासतमा छन् भने नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन दिएकी छिन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया