कर्मचारी वकिल विवादः देशभरका अदालतमा रोकियो काम
काठमाडौं । उच्च अदलात पाटनमा कार्यरत कर्मचारीलाई वकिलले हातपात गरेपछि आज देशभरका अदालतमा काम प्रभावित भएको छ ।
यसबारे विरोध गर्दै आज देशभरका अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म काम नगर्ने घोषणा गरेका हुन् । कर्मचारीका विरोधका कारण अदालती काम खाजा समयपछिमात्रै काम सुरु हुने भएको छ ।
उक्त विरोधमा कर्मचारीका चारवटै ट्रेड युनियन सक्रिय भएर लागेका छन् । सबै ट्रेड युनियनहरूले विज्ञप्ती जारी गरेरै काम अदालतको काम रोकेको अवस्था छ । जसकारण इजलास ठप्प भएको छ भने सुनुवाइ हुन पाएको छैन ।
गत १३ असारमा नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको घटना बाहिरिएको थियो । तामाङँग सक्कली मिसिल माग्दा सुरु भएको विवाद हातपातसम्म पुगेको जनाइएको छ ।
हाल अधिवक्ता लामिछाने प्रहरी हिरासतमा छन् भने नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन दिएकी छिन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया