१५ दिने अप्पर कटाई तथा सिलाई तालिम सञ्चालन
ललितपुर । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई तथा सिलाई तालिम संचालन गरिएको हो ।
सार्की समुदायको पुर्ख्याउली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्ने उदेश्य अनुरुप तालिम संचालन गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए । तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिन समेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए ।
तालिम अनुभवि रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएका छन् । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित रहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया