प्रधानमन्त्रीले पदमा बस्ने राजनीतिक र नैतिक आधार गुमाए : एमाले
काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले बोलाएको आकस्मिक संसदीय दलको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको निष्कर्ष निकालेको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो । साथै प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले दिउँसो बस्ने संसदको बैठकमा गम्भीर रुपमा उठाउने निर्णय गरेको छ ।
बुधबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको बताए ।
‘आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य देखिँदैन । उहाँले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएको देख्छौं,’ उनले भने ।
प्रधानमन्त्री स्वयंले कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भाष्य स्थापित गरेर के स्थापित गर्न खोजिँदै छ भन्ने उनले प्रश्न गरे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया