एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झाले धारणा राखेका थिए । नेताहरू बोल्ने क्रम आज पनि जारी रहने बताइएको छ ।
बैठकमा पार्टीको सङ्गठन सुदृढीकरणका विषयमा तथा वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको जनाइएको छ ।
यसैगरी बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसङगठन युवा र विद्यार्थी र विभागको कामको व्यवस्थापनमा नेताले आफ्नो धारणा राखिरहेका प्रवक्ता खतिवडाले बताए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया