पूरै शहर बुक गरेर ‘जिन्दगी ना मिलेगी दोबारा’ मा प्रयोग गरिएको थियो एक करोडको टमाटर
एजेन्सी । भारतमा यतिबेला टमाटरको मूल्य आकाशिएको छ । टमाटर यति महँगो भइसकेको छ कि सर्वसाधारणहरू नखानु नै बेश भन्ने मनासायमा पुगिसकेका छन् । यही मेसोमा फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा प्रयोग भएको टमाटर चर्चामा आएको छ ।
फिल्ममा ऋतिक रोशन, कट्रिना कैफ र फरहान अख्तरलगायत सबै कलाकारले टमाटरसँग होली खेलेको दृश्यका लागि एक करोडको टमाटर प्रयोग भएको जनाइएको छ ।
‘इक जुनुन’ बोलको उक्त गीतको दृश्य स्पेनमा मनाइने ला टोमाटिना चाडमा केन्द्रित रहेर खिचिएको छ । यो चाडमा मानिसहरूले एकअर्कासँग टमाटरको होली खेल्छन् र रमाइलो गर्छन्।
यो दृश्य छायांकनका लागि करिब एक करोडको टमाटर प्रयोग भएको थियो । त्यतिबेला स्पेनमा टमाटर पाकेको थिएन, त्यसैले फिल्मका निर्माताहरूले पोर्चुगलबाट करिब १६ टन टमाटर अर्डर गरेका थिए। यसका लागि निर्माताहरूले स्पेनको बुन्योल सहर नै बुक गरेका थिए ।
उक्त फिल्म रिलिज भएको १२ वर्ष पुग्यो । आज पनि यस फिल्मको हरेक दृश्यलाई मानिसहरूले सम्झन्छन्। विशेष गरी एक गीतको दृश्य, जहाँ फिल्मका सबै कलाकार ऋतिक रोशन, कट्रिना कैफ, फरहान अख्तर र अभय देओलले एकअर्कालाई टमाटरले हान्छन्।
फिल्म निर्माता रितेश सिधवानीले उक्त दृश्यलाई एकदमै मौलिक बनाउन पोर्चुगलबाट १६ टन (१६,००० किलो) टमाटर ल्याएको बताएका हुन्।
रितेशका अनुसार यो दृश्यको सम्पूर्ण छायांकनमा एक करोड खर्च भएको छ । यसमा टमाटरको लागत र ल्याउनको लागत समावेश थियो। फिल्मकी निर्देशक जोया अख्तरले पनि यो दृश्यको बारेमा कुरा गरेकी छिन् ।
जोयाका अनुसार उनीहरूले टोमाटिना पर्वको दृश्य त्यही स्थानमा खिचेका थिए जहाँ यो वास्तवमै हुन्छ। यसका निर्माण पक्षले पूरै सहर बुक गरेको थियो।
फिल्मलाई फरहान अख्तरकी बहिनी जोया अख्तरले निर्देशन गरेकी हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया