गत बर्ष ११ हजार व्यापारीले उपभोक्ता ठगे
काठमाडौं । दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तरकारी लगायत खाद्यान्न, औषधी वा यस्तै कुनै वस्तु किन्दा ठगीएको महसुस गर्नुभएको छ ?
ललितपुर, काठमाडौं, भत्तपुर, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाहरुमा उपभोत्ता ठगीमा बृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।
गतबर्ष मात्रै ११ हजार चार सय ९१ जना व्यापारीले उपभोत्ता ठगेको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले जनाएको छ ।
उनीहरुले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने गरेको कार्यालयले जनाएको छ । कार्यालयले उनीहरुलाई कारबाही गरेको पनि जनाएको छ ।
गत बर्ष कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका ती व्यापारीलाई कारबाही गरेको जनाएको छ ।
पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेको पनि कार्यालयले जनाएको छ । त्यस्तो ठगी रोक्न बिशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले बताए ।
“अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” उनले भने ।
कार्यालयकाअनुसार जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेको छ ।
त्यसरी नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँने कार्यालयले प्रतिबद्धता जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया