NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक छ : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताएका छन्।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री गुरुङले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए। उनले सामन्तवादको अवशेषका पक्षमा कोही पनि नउभिँने उल्लेख गरे।

‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ सभामा पेश हुनुअघि मन्त्री गुरुङले समय लिएर बोलेका हुन्। ‘हामी पीडितको पक्षमा उभिनुपर्छ। सिंगो मुलुक पीडितको पक्षमा उभिएको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदन पीडितकै पक्षमा उभिने हो। सामन्तवादका अवशेषहरुको अन्त्यका लागि एक ठाउँमा उभिनुपर्छ। सामन्तवादको अवशेषका पक्षमा कोही पनि उभिँदैनौँ।’ मन्त्री गुरुङले भने।

उनले यो विधेयकको रुप फेरिएर आए पनि सार भने नफेरिएको बताए। उनले भने, ‘यो विधेयकको रुप फेरिएर आए पनि सार फेरिएको छैन भन्ने मलाई लागिरहेको छ। त्यसैले सार नफेरिकन रुप फेरिएर मात्रै हुँदैन। वास्तवमा पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्छ यो विधेयकले। त्यसैले सार नफेरिएरको रुप फेरिएको अवस्थामा आइपुग्दा म दुःखीत छु। आफी चाहन्छु, आइन्दा यसरी कमी त्रुटि सरकारको पक्षबाट नहुने आग्रह गर्छु।’

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष