गगनले गत मंसिरमै बुझाएका थिए आयोगलाई खर्च विवरण

काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण सार्वजनिक गरेका छन्।
थापाले २५ मंसिर २०७९ मा नै आफ्नो निर्वाचन खर्च बुुझाईसकेको प्रमाण सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।
उनले आफुले निर्वाचन खर्च आयोगमा बुझाईसकेको विवरण सार्वजनिक पनि भएको तर सोको जानकारी आयोगलाई बुझाउनु पर्नेबारे आफुलाई थाहा नभएको बताएका छन्।
कांग्रेस महामन्त्रीसमेत रहेका थापाले १५ हजार जरिवाना तिरेको बताउँदै निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको उल्लेख गरेका छन्। थापाले सार्वजनिक गरेकोे विवरणमा २३ लाख ४२ हजार रूपैँया चुनावमा खर्च भएको जनाइएको छ।
थापा ४ मंसिर २०७९ मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च… pic.twitter.com/Jf3OWx4Xp2
— Gagan Thapa (@thapagk) July 27, 2023
प्रतिक्रिया