लधुवित्त पिडितका समस्या समाधानका लागि वार्ता टोली गठन
कठमाडौं। लधुवित्त पिडितका समस्या समाधानका लागि वार्ता टोली गठन गरिएको छ।
अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा बिहीबार वार्ता समिति गठन गरेको हो। वार्ता टोलीमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्।
वार्ता टोलीले आन्दोनलरत ‘लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति’सँग छलफल गरी समाधानका लागि पहल गर्ने छ।
समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए।
लघुवित्तका ऋणीहरुको गुनासो सुनुवाईका लागि नेपाल राष्ट्र बैंकले अलग्गै डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको छ। जहाँ ब्याजदर लगायतका विषयमा कुनै गुनासो भए गर्न सकिन्छ । लघुवित्तले बढी ब्याज भएको भन्दै पिडितहरु माघदेखि आन्दोलनमा छन्।

ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया