प्रचण्डले एमालेको रकम खाए, हिसाब पनि गरेनन् : ओली
काठमाण्डौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेको पैसा खाएको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले तत्कालिन एमाले–माओवादीबीच भएको एकताको प्रसंग निकाल्दै प्रचण्डले एमालेको पैसा चलाएको तर हिसाब केहि नगरेको बताए। जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन्। एमालेको रकम लिए। एमालेको रकममा चले। एमालेको रकम खाए, पिए सबै गरे। तर, एमालेमा एक पैसा दाखिल गरेनन्। हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन्। बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन्। सबै आफैंसँग राखे।’
यस्तै ओलीले माओवादीसँग एकता भनिए पनि वास्तविक एकता नभएकाे बताए। उनले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन। तेल एकातिर पानी अर्कोतिर भयो। मिक्स अप नै हुन सकेन हुनै दिइएन। प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे। आफ्नो पार्टी जीवितै राखिरहे।’
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया