कोसी सत्ता संकट : बाबुरामले दिए मध्यावधि निर्वाचनको विकल्प
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कोसी प्रदेश सरकार गठनमा मध्यावधि निर्वाचनको विकल्प सुझाएका छन्।
समाजिक सञ्जालमा डा. भट्टराईले राप्रपाप्रति कटाक्ष गर्दै घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन नहुने टिप्पणी गरेका छन्।
कोसीमा सरकार गठनका लागि सत्तारुढ गठबन्धनका नेताहरुले राप्रपासंग छलफल गरिरहेका बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र?’ उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने।’
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया