निर्वाचन आयोगको निर्णयविरुद्ध सोविता गौतमसहित रास्वपाका ४ सांसद पुगे अदालत
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ जना सांसद निर्वाचन आयोगका निर्णयविरुद्ध अदालत गएका छन्।
कानुन अनुसार निर्वाचन खर्च विवरण बुझाउने र सार्वजनिक गरिसक्दा पनि १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै सांसदहरू शिशिर खनाल, विराजभक्त श्रेष्ठ, सोविता गौतम र गणेश पराजुलीले उच्च अदालत पाटनमा रिट दिएका हुन्।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै २४ सयभन्दा बढी उम्मेदवारलाई १५ हजारका दरले जरिवाना गरेपछि उनीहरू अदालत पुगेका हुन्।
निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरूको रिटमा उल्लेख छ। उनीहरूले आफूहरूलाई जरिमाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरेका छन्।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया