NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ९० दिन सुरक्षित रहने

काठमाडौं। अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको फुटेज अब तीन महिना अर्थात ९० दिनसम्म सुरक्षित रहने भएको छ।

अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ।

यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो। सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो।

सोहि कारण अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष