अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ९० दिन सुरक्षित रहने
काठमाडौं। अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको फुटेज अब तीन महिना अर्थात ९० दिनसम्म सुरक्षित रहने भएको छ।
अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ।
यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो। सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो।
सोहि कारण अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया